Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहाथवे इन्भेस्टमेन्टको पुस २६ गते

हाथवे इन्भेस्टमेन्टको पुस २६ गते


काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटडले १५औँ वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही पुस २६ गते काठमाडौंको लैनचौरस्थित लैनचौर ब्याङ्क्वेमा वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीलाई वृद्धि गरी एक अर्ब २८ करोड ७० लाख रुपैयाँ पु¥याउने प्रस्ताव पनि पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया