Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ इन्स्योरेन्सको शाखा संक्रमणरहित

सिद्धार्थ इन्स्योरेन्सको शाखा संक्रमणरहित


काठमाडौं, जेठ ११
सिद्धार्थ इन्स्योरेन्स कम्पनीले शाखालाई संक्रमणरहित बनाएर सञ्चालन गरेको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै भनेको छ, विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण सिर्जित असामान्य परिस्थतिमा तोकिएबमोजिमको सावधानी अपनाई सिमित कर्मचारीबाट कम्पनीले आफ्नो सेवालाई निरन्तरता दिँदै आएको छ । सोही क्रममा कम्पनीको कमलादी शाखामा कार्यरत एक जना कर्मचारीलाई कोभिड १९ को संक्रमण देखिएको र निजको अस्पतालमा उपचार भइरहेको छ । संक्रमण देखिएपश्चात् उक्त शाखालाई तत्काल सिल गरी संक्रमित कर्मचारीहरूको सम्पर्कमा आएका सम्पूर्ण कर्मचारीहरूको पिसिआर परीक्षण गराउँदा सबैको रिर्पोट निगेटिभ आएको छ ।

उक्त शाखा कार्यालको नेपाल सरकारले तोकेको मापदण्डबमोजिम सरसफाइ एवं संक्रमणरहित गर्ने कार्यसम्पन्न गरिएको छ । सोपश्चात् यही जेठ ११ गते अर्थात् आजबाट कम्पनीको उक्त शाखा सीमित कर्मचारीहरूबाट सञ्चालन हुुने र बीमीतहरूले पूर्ववतरूपमा सेवा लिन सक्नेछन् । यो विषम परिस्थितिमा पनि कम्पनी उत्कृष्ट बीमा सेवा दिन प्रतिबद्ध रहेको छ, कम्पनीले विज्ञप्तिमार्फत भनेको छ । हाल चुत्ता पुँजी एक अर्ब रूपैयाँ रहेको कम्पनीले चलू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १६ करोड तीन लाख ३६ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यसतो नाफा १८ करोड १० लाख १८ हजार रूपैयाँ रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया