Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारफेडेरल रि–इन्स्योरेन्स ब्रोकर्स र मल्पी इन्टरनेसनल कलेजबीच साझेदारी

फेडेरल रि–इन्स्योरेन्स ब्रोकर्स र मल्पी इन्टरनेसनल कलेजबीच साझेदारी


काठमाडौं । फेडेरल रि–इन्स्योरेन्स ब्रोकर्स लिमिटेड (एफआरबीएल) र मल्पी इन्टरनेसनल कलेज (एमआईजी)बीच सम्झौता भएको छ । शैक्षिक सिकाइ र उद्योग अनुभवबीचको अन्तरलाई कम गर्नका लागि, दीर्घकालीन रणनीतिक विकास गर्न सहकार्य गर्नेसम्बन्धी १० जनवरी २०२४ मा सम्झौता भएको हो ।

सो सम्झौतापत्रमा फेडेरल रि–इन्स्योरेन्स ब्रोकर्स लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत विशालदीप अधिकारी र कम्पनी सचिव अल्पना शर्मा तथा मल्पी इन्टरनेसनल कलेजको तर्फबाट प्रिन्सिपल दिपक अधिकारी र विद्यार्थी संलग्नता अधिकृत प्राप्ति बिसी शर्माबीच भएको कम्पनीले जनाएको छ । यो सम्झौताले बीमा क्षेत्रमा भएको क्षमता अभावको अन्तरलाई कम गर्न महत्वपूर्ण भूमिका खेल्छ ।

साझेदारीमार्फत फेडेरलले मल्पीका विद्यार्थीहरूलाई विशेषज्ञ प्रशिक्षण, इन्टर्नसिपका अवसरहरू तथा आवश्यकताअनुसार भविष्यमा रोजगारीको अवसरहरू प्रदान गर्न मद्दत गर्नेछ । साथै, यस सम्झौताले फेडेरल रि–इन्स्योरेन्सका कर्मचारीहरूलाई सम्मेलन, कार्यशाला र कलेजद्वारा आयोजित अन्य कार्यक्रमहरूमा भाग लिएर नेटवर्किङ बढाउने अवसरहरू प्राप्त गर्न मद्दत गर्नेछ । दुवै संस्थाहरूले बीमा क्षेत्रसँग सम्बन्धित अनुसन्धान तथा अन्य गतिविधिका लागि आवश्यकताअनुसार सहकार्य गर्नेछ । फेडेरल रि–इन्स्योरेन्स ब्रोकर्स लिमिटेड २०२२ मा पब्लिक लिमिटेडको रूपमा स्थापित भई नेपालमा पुनर्बीमा दलालीसम्बन्धी सेवा तथा आवश्यक प्ररामर्श प्रदान गर्न नेपाल बीमा प्राधिकरणबाट इजाजत पत्र लिई कार्य प्रारम्भ गरी नेपालमै पहिलो र एकमात्र आईएसओ ९००१ः२०१५ सर्टिफाइड पुनर्बीमा दलाल कम्पनी बन्न सफल भएको छ । यसका साथै कम्पनीले चौथो इमर्जिङ एसिया इन्स्योरेन्स २०२३ मा ब्रोकर अफ दि एयर २०२३ (नेपाल) को उपाधि हासिल गर्न समेत सफल भएको छ भने अर्कोतर्फ मल्पी इन्टरनेसनल कलेज १९९८ मा स्थापित भई छात्र–केन्द्रित शिक्षा प्रदान गर्न अग्रसर छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया