Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमालयन लघुवित्तको साधारणसभा सम्पन्न

हिमालयन लघुवित्तको साधारणसभा सम्पन्न


काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार काठमाडौंमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका प्रस्तावहरू पारित गरेको छ ।

साधारणसभामा लघुवित्त सञ्चालक समितिका अध्यक्ष विजयमान नकर्मीले लघुवित्तको क्षेत्रमा प्रतिकूल अवस्था रहे पनि आगामी दिनमा आफ्ना ग्राहकलाई अझ गुणस्तरीय सेवा उपलब्ध गराउँदै सेयरधनीको अपेक्षा पूरा गर्न संस्था कटिबद्ध रहेको बताए । उनले संस्थाको लक्ष्य प्राप्तिका लागि सम्पूर्ण सेयरधनीहरू र नियामक निकायको साथ र सहयोगको अपेक्षासहित उपस्थितप्रति आभार व्यक्त गर्दै साधारणसभा सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग भएकोमा सम्पूर्णमा धन्यवाद प्रकट गरे । राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यो वित्तीय संस्थाले हालसम्म ७५ शाखा कार्यालयमार्फत ७६ हजारभन्दा बढी सदस्यलाई लघुवित्तीय सेवा प्रदान गर्दै चार अर्ब ४० करोडभन्दा बढी लगानी गरेकोे छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया