Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंंकको लाभांश पारित

महालक्ष्मी विकास बैंंकको लाभांश पारित


काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे लाभांश पारित भएको छ । बैंकको शनिबार सम्पन्न भएको २२औँ वार्षिक साधारणसभाले बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको बासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सानको हिसाब तथा नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरणहरू छलफल गरी पारित गरेको हो ।

बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा शनिबार काठमाडौंमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित भएको छ । यसैगरी वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७९/८०सम्मको मुनाफा रकमबाट सेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पुँजीको छ दशमलव ४० प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

सभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार, लगानीकर्ताको रूपमा भित्र्याउने प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८०/८१ मा बैंकको लेखापरीक्षण गर्न जेबी राजभण्डारी एन्ड डिबिन्स चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, सभाले बैंकको प्रबन्धपत्र र नियमावलीको दफा तथा नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सभाका अध्यक्ष उपाध्यायले सेयरधनीहरूबाट प्राप्त सल्लाह सुझावलाई शिरोधार्य गर्दै बैंकले ग्राहकहरूको सन्तुष्टि एवम् लगानीको उचित प्रतिफल प्रदान गर्न बैंकका क्रियाकलापहरूलाई विशिष्टीकरण गर्दै अझ बढी सक्षमताका साथ गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रण गर्नुका साथै आगामी दिनमा थप प्रगति हासिल गर्न जस्तोसुकै प्रतिकुल परिस्थितिको पनि सामना गर्न सक्ने तयारी गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । साथै, सेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरूले पु¥याएको सहयोगका लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदासयता निरन्तर प्राप्त हुने आशा प्रकट गरे ।

कामु प्रमुख कार्यकारी अधिकृतमा लम्साल नियुक्त
महालक्ष्मी विकास बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको पदमा दिपेश लम्साललाई नियुक्त गरेको छ । बैंक सञ्चालक समितीको शनिबार बसेको सञ्चालक समितीको बैठकले लम्साललाई कामु प्रमुख कार्यकारीको जिम्मेवारी सुम्पिएको हो ।

No description available.

यसअघि उनी सोही बैंकको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको पदमा कार्यरत रहेका थिए । उनको कार्यकाल यही माघ एक गतेबाट सुरु हुने छ । बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले राजीनामा दिएपछि बैंकले लम्साललाई कामुको जिम्मेवारी दिएको बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया