शाइन रेसुङ्गा डेभलपमेन्टको तेस्रो त्रैमासिक नाफा ४३ करोड ६७ लाख
काठमाडौँ, जेठ १४
शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकले चालू आर्थिक गर्दैको तेस्रो त्रैमासिक अवधिमा ४३ करोड ६७ लाख ७० हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ३१ करोड नौ लाख तीन हजार रूपैयाँ रहेको थियो । चुक्ता पुँजी दुुई अर्ब ६२ करोड २९ लाख चार हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा २७ अर्ब ५९ करोड १४ लाख ८३ हजार रूपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ७५ करोड ६४ लाख ७८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा एक अर्ब चार करोड २४ लाख ७९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले १८ अर्ब ८३ करोड १५ हजार रूपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ८८ करोड ३७ लाख ९२ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६३ करोड ९८ लाख १५ हजार रूपैयाँ खुद खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सन्दीप लामिछानेको मुद्दामा केहीबेरमा फैसला हुँदै
- मिडिया बचाउने गरी सुविधा दिन सरकारसँग माग, मिडियाका समस्या सम्बोधन हुन्छन् : प्रधामन्त्री
- प्रचण्ड–ओलीबिच छलफल सुरु
- सन्दीप लामिछानेको मुद्दामा बहस सकियो
- दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डर वरीयताको शीर्ष १० मा
- गिरीबन्धुको फैसला गर्ने न्यायाधीशमाथि खनिए ओली
- सन्दीपको मुद्दामा बहस लम्बियो
- शेयर बजार नौ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया