Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहङकङबाट सिटी एक्सप्रेस मनि ट्रान्सफरको विप्रेषण सेवा सुरु

हङकङबाट सिटी एक्सप्रेस मनि ट्रान्सफरको विप्रेषण सेवा सुरु


काठमाडौँ, जेठ १४
हङकङको ख्यातिप्राप्त केएमई रेमिटेन्स लिमिटेड र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच रेमिटेन्स कारोबार सुरु भएको छ । हङकङमा रहेका नेपालीहरूले केएमई रेमिटेन्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । नेपालमा सिटी एक्सप्रेससँग आबद्ध सात हजार पाँच सयभन्दा बढी एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिने, नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिनेछ । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र केएमई रेमिटेन्स लिमिटेडको तर्फबाट निर्देशक कबिता गुरुङले हस्ताक्षर गरेका छन् ।

एक औपचारिक समारोहका बीच हङकङबाट नेपाल पठाउने पहिलो विप्रेषण कारोबार नेपालको लागि हङकङका महावाणिज्य दूत कमलप्रसाद भट्टराईद्वारा उद्घाटन गरी रेमिटेन्स कारोबार सुरु गरिएको कम्पनीले जनाएको छ । साथै कम्पनीले नेपालमा विप्रेषण पठाउँदा एक हप्ताको लागि निःशुल्क पठाउने व्यवस्था गरिएको छ र यो व्यवस्था ३१ मे २०२० सम्म लागू जानकारी दिएको छ । सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छु्ट्टै पहिचान बनाउँदै विगत १३ वर्षदेखि विश्वभरि आफ्ना सात हजार पाँच सयभन्दा बढी रेमिट एजेन्टहरूबाट बढी नेपालको एजेन्टहरूमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x