Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनिक्षेप खाताको संख्या पाँच करोड ३३ लाख नाघ्यो

निक्षेप खाताको संख्या पाँच करोड ३३ लाख नाघ्यो


काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप खाताको संख्या पाँच करोड ३३ लाख नाघेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म लघुवित्त वित्तीय संस्थाबाहेकका बैंक तथा वित्तीय संस्थामा खोलिएका निक्षेप खाताको संख्या पाँच करोड ३३ लाख तीन हजार तीन सय ७८ पुगेको छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५५ लाख ५३ हजार ७६ ले बढी हो ।

गतवर्ष मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थामा चार करोड ७७ लाख ५० हजार तीन सय दुई निक्षेप खाता सञ्चालनमा थिए ।

चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म वाणिज्य बैंकहरुमा मात्र सञ्चालनमा रहेका कुल निक्षेप खाताको संख्या चार करोड ५७ लाख ३४ हजार नौ सय ७७ वटा छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ लाख ९७ हजार एक सय ६० ले बढी हो । गतवर्ष मंसिर मसान्तमा वाणिज्य बैंकहरुमा चार करोड ११ लाख ३७ हजार आठ सय १७ वटा निक्षेप खाता सञ्चालनमा थिए ।

विकास बैंकहरुमा ६७ लाख ४० हजार आठ सय ९४ वटा निक्षेप खाता सञ्चालनमा छन् । जुन गत आर्थिक वर्षको मंसिर मसान्तको तुलनामा आठ लाख ३५ हजार छ सय ९६ ले बढी हो । गतवर्ष मंसिर मसान्तमा विकास बैंकहरुमा ५९ लाख पाँच हजार एक सय ९८ निक्षेप खाता सञ्चालनमा थिए ।

फाइनान्स कम्पनीहरुमा मंसिर मसान्तसम्म आठ लाख २७ हजार पाँच सय सातवटा निक्षेप खाता सञ्चालनमा छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक लाख २० हजार दुई सय २० ले बढी हो । गतवर्ष मंसिर मसान्तमा फाइनान्स कम्पनीहरुमा सात लाख सात हजार दुई सय ८७ वटा निक्षेप खाता सञ्चालनमा थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया