Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारक्यापिटल मर्चेन्ट फाइनान्स घोटालामा केसी पक्राउ

क्यापिटल मर्चेन्ट फाइनान्स घोटालामा केसी पक्राउ


काठमाडौं । तत्कालीन क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेड घोटाला प्रकरणमा जोडिएकी बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ परेकी छिन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–६ बस्ने घराना डेभलपर्स प्रालिकी सञ्चालिका ४५ वर्षीया मन्दिरा केसी (कार्की)लाई शनिबार पक्राउ गरेको हो ।

सीआईबीका अनुसार साबिक पुनरावेदन अदालत पाटनको २०७१ वैशाख २९ गतेको फैसलाले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी मन्दिराले घराना डेभलपर्स प्रालिलाई ऋणी बनाई सोही प्रालिका नाममा दर्ता रहको जग्गा धितो राखी प्राप्त गरेको कर्जा दुरुपयोग गरेको भन्ने बैंकिङ कसुर मुद्दामा तीन वर्ष कैद र चार करोड रुपैयाँ जरिबाना ठहर भएको थियो । त्यसपछि उनी फरार भएकी थिइन् । उनलाई सीआईबीबाट खटिएको प्रहरीले काभ्रेपलाञ्चोक बनेपाबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको सीआईबीले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया