Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलाली गुराँसद्वारा ऋण लिएका सदस्यलाई छुट सुविधा

लाली गुराँसद्वारा ऋण लिएका सदस्यलाई छुट सुविधा


काठमाडौं, जेठ १९
लाली गुँरास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ऋण लिएका सदस्यलाई सुविधा दिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण माहामारीको रूपमा फैलिरहेको अवस्थामा तत्काल राहत उपलब्ध गराउन ऋण लिएका सदस्यलाई यस्तो सुविधा उपलब्ध गराउन लागेको हो । संस्थाले असार मसान्तसम्म सो सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले ऋण लिएका सदस्यलाई व्यावहारिक रूपमा ब्याज तिर्न सहज हुन सकोस् भन्ने उद्देश्यले सुविधा दिएको बताए ।

संस्थाले भुक्तानी गर्न बाँकी ब्याज रकममा सम्पूर्ण ब्याज चुक्ता गरेमा जम्मा ब्याजको ५ प्रतिशत छुट दिने, ५० प्रतिशतभन्दा बढी ब्याज चुक्ता गरेमा ३ प्रतिशत छुट दिने व्यवस्था गरेको छ भने, भुक्तानी गर्न बाँकी हर्जना रकममा १०० प्रतिशत छुट दिने घोषणा गरेको छ । विश्वव्यापी महामाहारीको रूपमा फैलिएको कोरोना भाइरसले पारेको असरलाई मध्यनजर गर्दै संस्थाले ऋण लिने सदस्यलाई छुटको व्यवस्था गरेको हो । नेपालको उत्कृष्ट सहकारीको रूपमा रहेको संस्थाले गरेको पहिलो निर्णय गर्ने संस्थाको रूपमा रहेको छ । संस्थाको ललितपुरको चापागाउँ, काठमाडौँको चाबहिल र न्यूरोड, भक्तपुरको कौशलटार र पर्सा चितवनको खैरहनी गरी पाँच जिल्लामा सदस्य सुविधा काउन्टर सञ्चालन गरेको छ ।

कर्मचारीलाई कोरोना बीमा : यसैबीच संस्थाले आफ्ना पुल्चोकस्थित मुख्य कार्यालयसहित पाँच सदस्य सुविधा काउन्टरका कर्मचारी र सुरक्षा गार्डको कोरोना बीमा गरेको छ । संस्थाको चापागाउँ, चाबहिल, कौशलटार, पर्सा चितवन र न्यूरोडका सम्पूर्ण कर्मचारी र सुरक्षा गार्डको बीमा गरिएको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले कामको सिलसिलामा कार्यालय आउने कर्मचारीलाई कोरोना बीमा गरिएको जानकारी दिए । सरकारले ल्याएको कोरोना बीमाअन्तर्गत प्रतिव्यक्ति एक लाख रुपियाको रहेको छ । पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिए बीमित बीमा गरेको रकम पाउने भएका छन् । संस्थाको मुख्य कार्यालय र सदस्य सुविधा काउन्टरमा एक सय १८ जना कर्मचारी र सुरक्षा गार्डहरू कार्यरत रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया