Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंकको तेस्रो त्रैमासिक नाफा तीन अर्ब १५ करोड

नबिल बैंकको तेस्रो त्रैमासिक नाफा तीन अर्ब १५ करोड


काठमाडौं, जेठ २०
नबिल बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन अर्ब १५ करोड ८६ लाख ८६ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैकको यस्तो नाफा तीन अर्ब १९ करोड १० लाख ७० हजार रूपैयाँ रहेको थियो । चुक्ता पुँजी १० अर्ब नौ करोड ७४ लाख ९७ हजार रूपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ७१ अर्ब दुुई करोड ४३ लाख २८ हजार रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४९ अर्ब ३९ करोड आठ लाख ९८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा पाँच अर्ब ३७ करोड पाँच लाख १२ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा बैंकले एक खर्ब ६२ अर्ब ९५ करोड ४० लाख रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब २७ अर्ब ५० करोड दुुई लाख ४३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब ४१ करोड ९४ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया