Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारजाल्पा सामुदायिक र किसान लघुवित्त गाभिने

जाल्पा सामुदायिक र किसान लघुवित्त गाभिने


काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था मर्ज हुने भएका छन् । दुवै संस्थाहरूले मर्जरसम्बन्धी प्रस्ताव पारित गर्नका लागि यही चैत्र नौ गते वार्षिक साधारणसभाको आह्वान गरेका छन् ।

वार्षिक साधारणसभामार्फत यी दुई संस्थाले मर्जरका लागि सेयरको स्वाप रेसियो कायम गर्ने, सञ्चालक समिति गठनलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेका छन् । सोअनुसार जाल्पा पाँचौँ साधारणसभा गर्न लागेको छ भने किसानले पाँचौँ वार्षिक साधारणसभा ताज प्यालेस, स्पेसियल चोक, गोल्फुटार, काठमाडौंमा गर्ने भएको छ । सभाले एक आपसमा एक बराबर शून्य दशमलव ८८३४ सेयर स्वाप अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।

यसबाहेक सभाले भविष्यमा अन्य कुनै उपयुक्त लघुवित्तलाई मर्ज वा एक्वायर गर्नेसम्बन्धी आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका प्रस्तावहरू समेत पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया