Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्फ्रास्ट्रक्चर बैंकको नौ महिनाको नाफा ९८ करोड ७३ लाख

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नौ महिनाको नाफा ९८ करोड ७३ लाख


काठमाडौं  । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालू आर्थिक वर्षको पछिल्लो नौ महिना अर्थात् तेस्रो त्रैमासिक अवधिमा ९८ करोड ७३ लाख ७३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकले कमाएको यो नाफा गत आवको सोही अवधिमा १७ करोड रुपैयाँले कम हो । गत आवको सोही अवधिमा भने बैंकले एक अर्ब १६ करोड १८ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

हाल चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासमा ९९ करोड १० लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ४८ करोड २५ लाख ४१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ९५ करोड २८ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा खराब कर्जाको मात्रा शून्य रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले ७९ करोड ६८ लाख ५१ हजार रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब आठ करोड ४० लाख ६२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ४४ लाख तीन हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा खराब कर्जा शून्य रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया