Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेस्ट बैंकको एक्स्टेन्सन काउन्टर कपिलवस्तुको पकडीमा

एभरेस्ट बैंकको एक्स्टेन्सन काउन्टर कपिलवस्तुको पकडीमा


काठमाडौं  । एभरेस्ट बैंक लिमिटेडले देशका स्थानमा रहेका ग्राहकहरूलाई दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ मंगलबार मायादेवी गाउँपालिका वडा नं १, पकडी कपिलवस्तुमा तौलिहवा शाखा कार्यालयको मातहतमा रहने गरी आफ्नो चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको छ ।

उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन लुम्बिनी प्रदेशको क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्य माननीय मधुसुदन सरन चौधरी र बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक प्रबन्धक लवप्रसाद कुइँकेलले संयुक्तरूपमा गरेका छन् । उक्त उद्घाटन समारोहमा मायादेवी गाउँपालिकाका अध्यक्ष बलिउद्दीन मुसलमान सोही गाउँपालिका वडा नं १ का अध्यक्ष मुहम्मद इसहाक मुसलमान, मायादेवी गाउँपालिका बजार व्यवस्थापन समितिका अध्यक्ष प्रमात्मा बानियाँ, इलाका प्रहरी कार्यालय पकडीका प्रमुख प्रहरी निरीक्षक राजीव श्रेष्ठ, बैंकका तौलिहवा शाखाका शाखा प्रबन्धक शंकर घिमिरे, पकडी एक्स्टेन्सन काउन्टरका इन्चार्ज विमल केसीलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

सो उद्घाटन समारोहमा बैंकका प्रादेशिक प्रबन्धक कुइँकेलले बैंकहरू विश्वासको सहयात्री भएको साथै पकडी र सो आसपासका बासिन्दाहरूलाई सबल, सरल, उत्कृष्ट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराइने प्रतिबद्धता व्यक्त गरे । उनले पञ्जाब नेसनल बैंक भारतसँग सहकार्य रहेको यस बैंकबाट भारतमा रहने नेपालीलाई आर्थिक कारोबार गर्न थप सहज हुने र बैंकिङ क्षेत्रमै कम खराब कर्जा रहेको यस बैंकले ल्याउने प्याकेजले नेपालको आर्थिक क्षेत्रमा सुधार गर्न सक्नुका साथै यस क्षेत्रका व्यवसायी, भारतीय पेन्सनरहरूका साथै स्थानीय बासिन्दालाई बैंकिङ कारोबारमा थप सहज हुने कुरा व्यक्त गरे । सो अवसरमा मायादेवी गाउँपालिकाका अध्यक्ष चौधरीले पकडीमा एभरेस्ट बैंकको आगमनले सर्वसाधारणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए ।

साथै, सर्वसाधारणहरूले उक्त एक्स्टेन्सन काउन्टरबाट सुरुवाती तीन महिनाको लागि साधारण बचत खाता (न्यूनतम मौज्दात) एक सय रुपैयाँ, चल्ती खाता (न्यूनतम मौज्दात) २५ सय रुपैयाँ, तलबी बचत खाता शून्य मौज्दात, नारी बचत खाता १२ सय ५० रुपैयाँ, डेबिट कार्ड, एसएमएस अर्लट सेवा, मोबाइल बैंकिङ सेवा–पहिलो पटक निःशुल्क हुनेलगायतका सुविधाहरू पाउने छन् ।

पञ्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदार रहेको तथा स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभर छरिएर रहेको आफ्नो एक सय २८ वटा शाखा सञ्जाल, चार वटा एक्सटेन्सन काउन्टर, सात वटा प्रादेशिक कार्यालयहरू, एक सय ६४ वटा एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया