Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंक र सिप्रदीबीच सहकार्य

नबिल बैंक र सिप्रदीबीच सहकार्य


काठमाडौं । नबिल बैंक र टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार टाटा टियागो ईभी खरिद गर्न चाहने खरिदकर्ताले नबिल बैंकको नेपालभरका शाखाहरूमार्फत् ८० प्रतिशतसम्म सहज कर्जा प्राप्त गर्न सक्नेछन् । सम्झौतामा टाटा टियागो ईभी खरिद गर्न चाहने व्यक्ति वा संस्थाले नबिल बैंकका सबै शाखाबाट नौ दशमलव ९९ प्रतिशत ब्याजदरमा सहज र सुलभ कर्जाको सुविधा पाउने उल्लेख गरिएको छ ।

टाटाका गाडी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरूलाई सहजरूपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रहेर कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो । टियागो ईभी नेपालको विद्युतीय चारपाङ्ग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने ह्याचब्याक भएको कम्पनीले बताएको छ ।

हालसम्म यस गाडीका एक हजार छ सयभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेको र यो संख्या उल्लेख्यरूपमा वृद्धि भइरहेको कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया