Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया बैंक तथा एनआईसी एसिया क्यापिटलमा निःशुल्क डिम्याट खाता

एनआईसी एसिया बैंक तथा एनआईसी एसिया क्यापिटलमा निःशुल्क डिम्याट खाता


काठमाडौं  । एनआईसी एसिया क्यापिटलले विगत लामो समयदेखि ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान सञ्चालन गरी एनआईसी एसिया बैंकको सम्पूर्ण शाखा कार्यालयहरूबाट निक्षेप सदस्यअन्तर्गतका सेवाहरू प्रदान गर्दै आइरहेको छ । उक्त ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानमार्फत देशको दूरदराजमा बसोबास गर्ने नेपालीहरूमा डिम्याट खाताको पहुँच विस्तार गर्ने मुख्य उद्देश्यका साथ एनआईसी एसिया क्यापिटल लिमिटेड, क्यापिटलको शाखा कार्यालयहरू, एनआईसी एसिया अनलाइन डिम्याट सेवा र एनआईसी एसिया बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरूबाट मिति २०८१ साल, जेठ १ गतेदेखि मिति २०८१ साल असार मसान्तसम्म निःशुल्करूपमा डिम्याट खाता खोलिदिने र पहिलो वर्षको डिम्याट खाता सञ्चालन शुल्कमा छुट दिने व्यवस्था मिलाइएको कम्पनीले जानकारी दिएको छ ।

एनआईसी एसिया क्यापिटलले पछिल्लो समयमा आफ्नो सेवाहरूलाई प्रविधिको प्रयोग गरी आम सर्वसाधारणहरूलाई क्यापिटलको सेवा ‘लाइनमा होइन अनलाइन’ मा भन्ने नारासहित क्यापिटलको अधिकांश सेवाहरू अनलाइनमार्फत लिन मिल्ने व्यवस्था मिलाइएको हुँदा क्यापिटलको वेभसाइटमार्फत सहजै निःशुल्करूपमा डिम्याट खाता खोल्न सकिने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x