Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

अजोड इन्स्योरेन्सले ३० करोड रूपैयाँको साधारण सेयर जारी गर्ने
काठमाडौं, असार १८
अजोड इन्स्योरेन्स कम्पनीले ३० करोड रूपैयाँबराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले यही असार २५ गतेबाट एक सय रूपैयाँ अंकित मूल्य कायम रहने गरी ३० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको कम्पनीको सेयर बिक्री कार्य छिटोमा असार २९ गते एवं ढिलोमा साउन आठ गते बन्द हुुनेछ ।

कुुल सेयरमध्येमा चार प्रतिशत अर्थात् एक लाख २० हजार कित्ता कर्मचारीलाई र पाँच प्रतिशत अर्थात् एक लाख ५० हजार सामूहिक लगानी कोषलाई छुट्ट्याइएको छ । बाँकी रहेको २७ लाख ३० हजार कित्ता भने सर्वसारणमा बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सर्वसाधारणले न्यूनतम १० देखि १० हजार कित्तासम्मको सेयर खरिद लागि आवेदन दिन दिन सक्नेछन् । हाल ७० करोड रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको साधारण सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी एक अर्ब रूपैयाँ पुुग्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया