Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगुडविल फाइनान्स र नेपाल स्टक एक्सचेन्जबीच सम्झौता

गुडविल फाइनान्स र नेपाल स्टक एक्सचेन्जबीच सम्झौता


काठमाडौं, असार १८
गुुडविल फाइनान्स लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)बीच सम्झौता भएको छ । सम्झौतामा नेप्सेका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र फाइनान्सका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सरोजकाजी तुुलाधरले हस्ताक्षर गरेका हुुन् । फाइनान्सका अनुसार प्रतिऋणपत्र एक हजार रूपैयाँ अंकित मूल्य रहेको दुुई लाख ५० हजार थान १२ प्रतिशत गुुडविल फाइनान्स डिबेञ्चर २०८३ (ऋणपत्र) सूचीकरण गर्ने विषयमा सम्झौता भएको हो ।

फाइनान्सले सर्वसाधारण समक्ष एनआईबीएल एस क्यापिटल लिमिटेडमार्फत दुुई लाख ५० हजार थान १२ प्रतिशत गुुडविल फाइनान्स लिमिटेड (डिबेञ्चर) २०८३ को बिक्री खुलाको आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको दुुई लाख ५० हजार थान ऋणपत्र वितरण भई स्टकमा सूचीकृत भएको हो । यसैबीच आईसीएफसी फाइनान्सको ऋणपत्र पनि नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेका अनुसार आईसीएफसीको दुुई लाख थान १२ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर २०८३ सूचीकृत भएको हो । सोही दिन कुमारी बैंकको पनि ३० लाख थान १० दशमलव २५ प्रतिशत केबीएल डिबेञ्चर २०८६ सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया