Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएसबीएल रेमिटको भुक्तानी अब इजीलिङ्क रेमिट्यान्सबाट

एसबीएल रेमिटको भुक्तानी अब इजीलिङ्क रेमिट्यान्सबाट


काठमाडौं, साउन २
सिद्धार्थ बैंक लिमिटेडको रेमिट्यान्स एसबीएल रेमिटले आफ्नो प्रिन्सिपल एजेन्टको रूपमा इजीलिंक रेमिट्यान्सलाई नियुक्त गरी भुक्तानी गर्नेसम्बन्धी सम्झौता भएको छ । एसबीएल रेमिटको प्रिन्सिपल एजेन्टको रूपमा नियुक्त भएको उक्त सम्झौतापत्रमा इजीलिंक रेमिट्यान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डीपी अर्याल र सिद्धार्थ बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले हस्ताक्षर गरेका हुुन् ।

यो सम्झौतासँगै सिद्धार्थ बैंकको रेमिट्यान्स एसबीएल रेमिटमार्फत विश्वका विभिन्न देशहरूबाट पठाएको रकम इजीलिंक रेमिट्यान्सको नेपालभर रहेको छ हजार पाँच सयभन्दा धेरै एजेन्टहरूमार्फत सजिलै भुक्तानी लिन सकिनेछ । सम्झौतापछि इजीलिंक रेमिट्यान्सले एसबीएल रेमिटका सेवाग्राहीहरूले थप सहज तवरले नेपालको जुनसुकै स्थानबाट इजीलिंक रेमिट्यान्सको नेटवर्कमार्फत पैसा निकाल्न सकिने र नेपालीहरूले विदेशबाट पठाएको पैसालाई छिटो, छरितो तरिकाले सेवाग्राहीसम्म पु-याउन थप सहज हुने इजीलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डीपी अर्यालले बताए । इजीलिंक रेमिट्यान्सले विगत २२ वर्षदेखि विश्वका विभिन्न मुलुकहरूबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया