Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररिलायबल नेपाल लाइफको दोस्रो वार्षिक साधारणसभा

रिलायबल नेपाल लाइफको दोस्रो वार्षिक साधारणसभा


काठमाडौं, साउन १२
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आइतबार काठमाडौँस्थित होटल म्यारियटमा दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सञ्चालक समितिका अध्यक्ष उदय नेपाली श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको सभाले कम्पनीको कार्यक्षेत्र विस्तार गर्नको लागि उद्देश्य थप गर्ने प्रस्ताव पारित गरेको छ ।

यसैगरी कम्पनीले सर्वसाधारणको लागि सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । बिसं २०७४ भदौ तीन गतेदेखि सञ्चालनमा आएको कम्पनीले विभिन्न १७ प्रकारका बीमा योजनाहरू ल्याएको छ । गत आर्थिक वर्षमा कुुल एक अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले सबै क्षेत्रमा गरी ८२ वटा आउटलेटहरू सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया