Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार पुनः ओरालो लाग्यो

सेयर बजार पुनः ओरालो लाग्यो


काठमाडौं, साउन २२
सेयर बजार परिसूचक ओरालो लागेको छ । यसदिन बजार परिसूचक २१ दशमलव ६१ अंकले ओरालो लागेर १३ सय ८२ दशमलव २५ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ पनि एक दशमलव ६१ अंकले ओरालो लागेर ९६ दशमलव ७३ अंकमा झरेको छ । यसदिन कुुल एक सय ८६ कम्पनीहरूको २० हजार चार सय ६९ वटा कारोबार भएका छन् । जसअनुसार ३४ लाख ४७ हजार सात सय ६५ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार एक अर्ब २३ करोड ३९ लाख ६३ हजार नौ सय ३४ रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुसार सबैजसो समूहको सूचक ओरालो लागेका छन् । तीमध्ये फाइनान्स समूहको सूचक सात दशमलव १७ अंकले ओरालो लागेर छ सय ४९ दशमलव ५९ अंकमा अंकमा पुुग्दा अन्य समूहको सूचक चार दशमलव १५ अंकले ओरालो लागेर सात सय ९७ दशमलव ९४ अंकमा पुगेको छ । यीबाहेक वाणिज्य बैंक, होटल, टे«डिङ, विकास बैंक, जलविद्युत्, निर्जीवन बीमा, जीवन बीमा आदिको समूहको सूचक पनि ओरालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको अजोड इन्स्योरेन्स कम्पनीको सेयर मूल्य नौ रुपैयाँ ५४ पैसाले बढेर तीन सय ८७ रुपैयाँमा किनबेच भएको छ । दोेस्रो स्थानमा परेको आरम्भ चौतारी लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि नौ रुपैयाँ ९४ पैसाले बढेर सात सय १९ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक नेपाल फाइनान्स, अपी पावर लिमिटेड, राधी जलविद्युत्लगायतका कम्पनीहरूको सेयर मूल्य पनि बढेका छन् ।

गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको अरुणखोला जलविद्युत् कम्पनीको सेयर मूल्य नौ रुपैयाँ ८४ पैसाले घटेर ५५ रुपैयाँमा किनबेच भएको छ । दोेस्रो स्थानमा परेको घलेम्दी हाइड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य पनि नौ रुपैयाँ ५२ पैसाले घटेर ५७ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक रैराङ हाइड्रोपावर लिमिटेड, दिव्येश्वरी हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् । यसदिन पनि नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता पाँच सय ७६ रुपैयाँ अन्तिम मूल्यमा १३ करोड ६१ लाख १९ हजार नौ सय सात रुपैयाँको सेयर किनबेच भएको छ ।

दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १३ सय सात रुपैयाँ अन्तिम मूल्यमा नौ करोड ९८ लाख ३० हजार तीन सय ४३ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनएमबी बैंक, एनआईसी एसिया बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् । यसदिन नेप्सेको नियमित कारोबार कक्ष ४५ मिनेट ढिलोगरी सुरु भएको थियो । नेप्सेको निममित कारोबार कक्ष ११ बजे खुुला हुुनेमा यसदिन नेप्से ११ः४५ बजे खुुलेको थियो । सोही आधारमा नेप्से अपराह्न तीन बजे बन्द हुुनुुपर्नेमा ३ः४५ बजे मात्र बन्द भएको थियो ।

दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत : दुुईवटा कम्पनीहरूको बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुुसार साताको चौथो कारोबार दिन बुुधबार नेप्सेमा साधना लघुुवित्त वित्तीय संस्था र सोल्टी होटल लिमिटेडको साधारण तथा बोनस सेयर सूचीकृत भएको हो । सोमध्ये साधनाको २१ लाख ७७ हजार आठ सय कित्ता साधारण सेयर सूचीकृत भएको छ । यसदिन सोल्टी होटल लिमिटेको पनि १५ प्रतिशतको अनुपातमा एक करोड नौ लाख ९० हजार चार सय ३६ कित्ता बोनस सेयर नियमित कारोबारको लागि सूचीकृत भएको छ ।

क्रसं    कम्पनीको नाम                               प्रकार                 कित्ता
१      साधना लघुुवित्त वित्तीय संस्था          साधारण            २१७७८००
२     सोल्टी होटल लिमिटेड                     बोनस               १०९९०४३६


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x