Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकले कमायो दुुई अर्ब नौ करोड

सिद्धार्थ बैंकले कमायो दुुई अर्ब नौ करोड


काठमाडौं, साउन २७
सिद्धार्थ बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा दुुई अर्ब नौ करोड २७ लाख ७० हजार सात सय ४० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुई अर्ब २५ करोड ७६ लाख ८८ हजार तीन सय २३ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी नौ अर्ब ७८ करोड ७७ लाख ६७ हजार एक सय ४२ रुपैयाँ रहेको बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा एक खर्ब ३९ अर्ब ६० करोड ९४ लाख ९७ हजार पाँच सय ४३ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २३ अर्ब ४४ करोड ८० लाख ८९ हजार सात सय ५१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच अर्ब ५८ करोड ७९ लाख नौ हजार आठ सय ७७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात एक दशमलव ५६ प्रतिशत रहेको छ । यसअवधिमा स्प्रेड दर चार दशमलव ३३ प्रतिशत रहेको बैंकको वितरणयोग्य नाफा ८६ करोड ६४ लाख ८४ हजार सात सय ७५ रुपैयाँ मात्र रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकले एक खर्ब १४ अर्ब ९२ करोड ३३ लाख ६७ हजार पाँच सय ३४ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब चार अर्ब ८७ करोड ६२ लाख ९९ हजार नौ सय ८९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब ६६ करोड ७३ लाख २७ हजार सात सय ७७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९५ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया