Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार नौ दशमलव ३४ अंकले उक्लियो

सेयर बजार नौ दशमलव ३४ अंकले उक्लियो


काठमाडौं, भदौ १०
सेयर बजार परिसूचक उकालो लागेको छ । अघिल्लो दिन १४ दशमलव ३१ अंकले उकालो लागेको बजार परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार नौ दशमलव ३४ अंकले उकालो लागेर १४ सय ४० दशमलव ९४ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन शून्य दशमलव ८३ अंकले उकालो लागेर दुुई सय ९३ दशमलव ९७ अंकमा चढेको छ । यसदिन कुुल एक सय ८९ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार २४ हजार एक सय एकवटा कारोबारमा ३९ लाख ४० हजार छ सय ९१ कित्ता सेयर खरिदबिक्री हुँदा कुुल कारोबार रकम एक अर्ब ८५ करोड ५१ लाख ८० हजार पाँच सय १० रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये तीनवटा समूहको सूचक ओरालो लागेका छन् भने बाँकी समूहको सूचक उकालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव दुुई अंकले उकालो लागेर ११ सय ९९ दशमलव ८७ अंकमा चढेको छ भने जलविद्युुत् समूहको सूचक पनि छ दशमलव ८८ अंकले उकालो लागेर नौ सय ६३ दसमालव ७४ अंकमा चढेको छ ।

निर्जीवन बीमा समूहको सूचक पनि २६ दशमलव ६७ अंकले उकालो लागेर सात हजार एक सय २३ दशमलव ८९ अंकमा चढेको छ भने जीवन बीमा समूहको सूचक पनि एक सय ४९ दशमलव २७ अंकले उकालो लागेर नौ हजार छ दशमलव २० अंकमा चढेको छ । यीबाहेक विकास बैंक, होटल, फाइनान्स, अन्य, लघुुवित्त र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः दुुई दशमलव ७७, १० दशमलव दुुई, एक दशमलव ७७, १६ दशमलव ५८, १४ दशमलव २४ र शून्य दशमलव शून्य तीन अंकले उकालो लागेका छन् । यसदिन ट्रेडिङ समूहको सूचक भने तीन दशमलव छ अंकले घटेर आठ सय ७४ दशमलव ९६ अंकमा पुुग्दा उत्पादनमूलक र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः सात दशमलव २५ र शून्य दशमलव शून्य एक अंकले ओरालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य सात रुपैयाँ ६९ पैसाले बढेर छ सय ७२ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको आशा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य छ रुपैयाँ १९ पैसाले बढेर सात सय ३८ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक गुहेश्वरी मर्चेन्ट फाइनान्स, हिमालयन ऊर्जा विकास कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् ।

गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको समृद्धि फाइनान्सको सेयर मूल्य छ रुपैयाँ ५४ पैसाले घटेर एक सय ४३ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको युनियन हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि चार रुपैयाँ ९२ पैसाले घटेर ५८ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक नेसनल हाइड्रोपावर कम्पनी, पोखरा फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् । यसदिन पनि नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता छ सय ७२ रुपैयाँ अन्तिम मूल्यमा २८ करोड ७४ लाख पाँच हजार आठ सय ९८ रुपैयाँको सेयर किनबेच भएको छ ।

दोस्रो स्थानमा परेको नेको इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सात सय ३१ रुपैयाँ अन्तिम मूल्यमा १४ करोड २६ लाख ५५ हजार दुुई सय छ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनआईसी एसिया बैंक, नेपाल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् । नेप्सेका अनुुसार यसदिन नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको एक करोड १३ लाख २६ हजार आठ सय २१ कित्ता सेयर नियमित कारोबारको लागि सूचीकृत भएको छ । नेप्सेका अनुसार उक्त कम्पनीको सेयर कारोबारको लागि प्रतिकित्ता सेयर मूल्य एक सय दुुई रुपैयाँ छ पैसादेखि तीन सय छ रुपैयाँ १८ पैसाको बीचको मूल्य तोकिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया