Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकको ‘ग्रीन पिन’ प्रविधि सञ्चालनमा

सिद्धार्थ बैंकको ‘ग्रीन पिन’ प्रविधि सञ्चालनमा


काठमाडौँ, भदौ १६
सिद्धार्थ बैंक लिमिटेडले ग्रीन पिन प्रविधि सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारदेखि बैंकिङ सेवा अझ बढी प्रभावकारी एवं वातावरणमैत्री बनाउने उद्देश्यले कार्डको पिन कोड प्राप्त गर्नका लागि ग्रीन पिन सेवा सुचारु गरेकोे हो । बैंकका अनुसार यो सुविधा सञ्चालनपश्चात् बैंकका ग्राहकहरूले डेबिट र क्रेडिट कार्डको ग्रीन पिन सोझै आफ्नो मोबाइल नम्बरमा प्राप्त गरी कार्डको पिन निर्धारण गर्न सक्नेछन् ।

ग्राहकहरूले आफ्नो नयाँ कार्डको पिन सिद्धार्थ बैंकको कुनै पनि एटीएम वा नेप्सको सदस्य रहेका केही बैंकहरूको एटीएमबाट निर्धारण गर्न सक्नेछन् । यसरी पिन निर्धारण गर्न एटीएममा कार्ड राखेपछि ग्राहकहरूलाई बैंकमा रजिष्टर्ड आफ्नो मोबाइल नम्बरमा एसएमएसमार्फत ग्रीन पिन आउनेछ । प्राप्त ग्रीन पिन ग्राहकहरूले एटीएममा राखी आफ्नोे नयाँ पिन नम्बर निर्धारण गर्न सक्नेछन् ।

पिन सफलतापूर्वक परिवर्तन भएपछि, कार्ड सक्रिय हुनेछ र यसपछि ग्राहकहरूले आफ्नो कार्ड एटीएम वा पस मेसिन तथा अनलाइन कारोबारमा सजिलै प्रयोग गर्न सक्नुका साथै अन्य बैंकका एटीएमहरूमा पनि बिनाकुनै अतिरिक्त शुल्क प्रयोग गर्न सक्नेछन् । बैंकले ल्याएको यो सुविधाले ग्राहकहरूलाई सहज सेवा उपलब्ध हुने, कार्ड वितरण र सक्रिय प्रक्रियामा लाग्ने समयको बचत हुने र केही हदसम्म भए पनि कागजको प्रयोग कम गरी वातावरणमैत्री बैंकिङ सेवा उपलब्ध हुने विश्वास बंैकले लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x