Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआशा लघुवित्त वित्तीय संस्था पाँचौ वर्षमा

आशा लघुवित्त वित्तीय संस्था पाँचौ वर्षमा


काठमाडौँ, भदौ १६
आशा लघुवित्त वित्तीय संस्था पाँचौ वर्षमा प्रवेश गरेको छ । संस्था भदौ १५ गतेबाट पाँचौँ वर्षमा प्रवेश गरेको हो । चौथो वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देशमार्फत वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले वित्तीय संस्थाले चौथो वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेकोमा खुशी व्यक्त गर्दै संस्थालाई यस उचाइमा ल्याउनका लागि प्रत्यक्ष अप्रत्यक्षरूपमा सहयोग पु-याउनुहुने नियामक निकाय, सञ्चालक समिति, विभिन्न बैंक तथा वित्तीय संस्थाहरू, लगानीकर्ताहरू, ग्राहक सदस्यहरू, कर्मठ कर्मचारीहरूलगायत स्थानीय समुदायलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत साथ र सहयोगको अपेक्षा रहिरहने कुरा व्यक्त गरेका छन् ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रियस्तरको वित्तीय संस्थाका रूपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘विपन्न समुदायका निम्ति आशा’ भन्ने मूल नाराका साथ ककनी–६, नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भदौ १५ गतेबाट कारोबार सुरु गरेको हो । हाल संस्थाले आफ्ना ५५ वटा शाखा कार्यालयहरूमार्फत ५६ हजारभन्दा बढी सदस्यहरूलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । यसअवधिमा संस्थाले दुई अर्ब ३९ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्नुका साथै ८१ करोड निक्षेप संकलन गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x