Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइन्द्रजात्रामा सानिमा बैंकको क्यूआर कोड यात्राको सौगात

इन्द्रजात्रामा सानिमा बैंकको क्यूआर कोड यात्राको सौगात


काठमाडौँ, भदौ १६
सानिमा बैंकले इन्द्रजात्राको अवसरमा ‘इन्द्रजात्रा क्यूआर कोडको यात्रा’ योजना सञ्चालनमा ल्याएको छ । योजनाअन्तर्गत बैंकका संस्थागत व्यावसायिक खाता वाहकहरूले काठमाडौँं उपत्यकाको विशेष जात्रा इन्द्रजात्राको दिन डिजिटल कन्ट्याकलेस भुक्तानीको सरल, सुरक्षित माध्यम क्यूआर कोडको लागि आवेदन दिँदा पाँच सय रुपैयाँबराबरको मोबाइल टपअप उपहार स्वरूप प्राप्त गर्न सक्नेछन् ।

यो योजनामा सहभागी हुनका लागि संस्थागत व्यावसायिक खाता वाहकहरूले घरैबाट रजिष्ट्रेसन गर्न सक्नेछन । बैंकका अनुसार यसका लागि फोन पे मा गई आवश्यक विवरणहरू बुझाइ यो योजनामा सहभागी हुन सक्नेछन । यसैगरी बैंकमा खाता नहुनेहरूले पनि यो योजनामा सहभागी हुनका लागि मार्केटिङ एट सानिमा बैंकमा आफ्नो व्यक्तिगत तथा संस्थाको विवरण खुलाई खाता खोलेर क्यूआर कोड मर्चेन्ट बन्नको लागि निवेदन पेस गर्नुपर्नेछ ।

यसरी सहभागी भएका क्यूआर मर्चेन्टले बैंकको तर्फबाट पाँच सय रुपैयाँको मोबाइल टपअप प्राप्त गर्नेछन् । यो योजना भदौ १६ गते इन्द्रजात्राको दिन काठमाडौँ उपत्यकाको लागि मात्र लागू हुुने बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x