Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकको नयाँ शाखा रूपन्देहीको भलाबारीमा

सानिमा बैंकको नयाँ शाखा रूपन्देहीको भलाबारीमा


काठमाडौँ, भदौ १६
सानिमा बैंक लिमिटेडले रूपन्देहीको भलाबारीमा पनि शाखा विस्तार गरेको छ । बैंकले सोमबार भलवारीमा ८०औं शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकिङ सेवा सुरु गरेको हो । बैंकका अनुसार उक्त शाखाको उद्घाटन बैंकका प्रदेश ५ का कामु प्रमुख रञ्जन मैनालीले गरेका हुुन् । कोरोना भाइरसको प्रकोपले जनजीवन प्रभावित भएको यस समयमा भलाबारी शाखाले उक्त क्षेत्रका स्थानीयवासीहरूलाई अत्यावश्यक बैंकिङ सेवा प्रवाह गर्ने र संक्रमण न्यून हुँदै गएसँगै आवश्यक सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्नेछ । जोखिमपूर्ण यस समयमा सम्पूर्ण ग्राहकहरूलाई कोरोना भाइरस संक्रमण रोकथामसम्बन्धी आवश्यक सुरक्षा नीति अपनाई कारोबार सञ्चालन गर्नेछ । बैंकले हाल सबै क्षेत्रमा गरी ८० वटा शाखा, ८० वटा एटीएम तथा १५ वटा विस्तारित काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x