Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकले कमायो चार अर्ब ४५ करोड

राष्ट्रिय वाणिज्य बैंकले कमायो चार अर्ब ४५ करोड


काठमाडौँ, भदौ १७
राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा चार अर्ब ४५ करोड २५ लाख ३३ हजार सात सय १७ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा पाँच अर्ब चार करोड ६५ लाख २० हजार तीन सय ७८ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी नौ अर्ब चार करोड ७९ लाख रुपैयाँ रहेको बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा दुुई खर्ब ३० अर्ब ८२ करोड ७७ लाख ११ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५० अर्ब ८० करोड ८० लाख ३७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा नौ अर्ब ३१ करोड ५१ लाख ५१ हजार चार सय ३० रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव शुन्य आठ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा चार दशमलव २६ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब तीन करोड ५८ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकले एक खर्ब ८९ अर्ब २५ करोड ५३ लाख ३५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४२ अर्ब दुुई करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौ अर्ब ९४ करोड ८१ लाख १५ हजार सात सय ६२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव ७९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव ४६ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया