Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकद्वारा पसको माध्यबाट भुक्तानी सेवा सुरु

राष्ट्रिय वाणिज्य बैंकद्वारा पसको माध्यबाट भुक्तानी सेवा सुरु


काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंकले पोइन्ट अफ सेल अर्थात् पसको माध्यमद्वारा भुक्तानी सेवा सुरु गरेको छ । बैंकले आउँदो दशैँ एवं तिहारलगायतको पर्वलाई मध्यनजर गर्दै कात्तिक १ गते शनिबारबाट आफ्ना सम्पूर्ण शाखाहरूमार्फत विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनको पोसको माध्यमबाट भुक्तानी सेवा सुरु गरेको हो । अब देशभर रहेको विभिन्न व्यवसायहरूमा राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रावा बैंककै पसको माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैयाँ जुन कम हुन्छ सो रकम क्यास ब्याक हुनेछ ।

विश्वव्यापीरूपमा फैलिएको माहामारीबाट टाढा रहनको लागि समेत विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुनसक्ने र यसप्रकारको प्रणालीबाट ग्राहकवर्ग, बैंकको सेवाग्राहीहरू तथा समग्र समाजलाई अधिकतम फाइदा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा दुुई सय ४१ वटा शाखा कार्यालय, दुुई सय पाँच वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ रहेको छ । बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा चार अर्ब ४५ करोड २५ लाख ३३ हजार सात सय १७ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा पाँच अर्ब चार करोड ६५ लाख २० हजार तीन सय ७८ रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी नौ अर्ब चार करोड ७९ लाख रुपैयाँ रहेको बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा दुुई खर्ब ३० अर्ब ८२ करोड ७७ लाख ११ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५० अर्ब ८० करोड ८० लाख ३७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा नौ अर्ब ३१ करोड ५१ लाख ५१ हजार चार सय ३० रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव शून्य आठ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

यस अवधिमा चार दशमलव २६ प्रतिशत स्प्रेड दर रहेको बैंकको बितरणयोग्य नाफा भने एक अर्ब तीन करोड ५८ लाख ९५ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले एक खर्ब ८९ अर्ब २५ करोड ५३ लाख ३५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४२ अर्ब दुुई करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौ अर्ब ९४ करोड ८१ लाख १५ हजार सात सय ६२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव ७९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चारद दशमलव ४६ प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया