Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारधितोपत्र बोर्ड कर्मचारी युनियनको पुँजीबजारसम्बन्धी निबन्ध प्रतियोगिताको नतिजा प्रकाशन

धितोपत्र बोर्ड कर्मचारी युनियनको पुँजीबजारसम्बन्धी निबन्ध प्रतियोगिताको नतिजा प्रकाशन


काठमाडौं ।
नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनद्वारा आयोजित पुँजीबजारसम्बन्धी पहिलो राष्ट्रिय निबन्ध प्रतियोगिताको नतिजा प्रकाशन भएको छ । युनियनका अनुसार बोर्डमा कार्यरत कर्मचारीहरूको आधिकारिक युनियन नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनद्वारा विश्व लगानीकर्ता सप्ताहको अवसरमा आयोजित पुँजीबजारसम्बन्धी पहिलो राष्ट्रिय निबन्ध प्रतियोगितामा देशभरका स्कुल, कलेज तथा विश्वविद्यालयमा स्नातकोत्तर र दर्शनाचार्य तहसम्म अध्ययनरत विद्यार्थीहरूलाई सहभागीताका लागि आह्वान गरिएको थियो ।

युनियनका अनुसार प्रतियोगिताका लागि विभिन्न छवटा विषयहरू प्रदान गरिएकोमा सहभागीले आफूलाई उपयुक्त लागेको कुनै एक विषय छनोट गरी सहभागिता जनाउन सकिने व्यवस्था गरिएकोमा देशभरका ८३ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्राप्त निबन्धहरूलाई आन्तरिकरूपमा रहेको सम्पादन समूहबाट पहिलो चरणमा उत्कृष्ट ५० निबन्ध छनोट गरिएको थियो भने दोस्रो चरणमा उत्कृष्ट २५ निबन्ध (समान अंकका कारण २७) छनोट गरी स्वतन्त्र निर्णायकको समूहलाई मूल्यांकनका लागि पठाइएको थियो ।

निर्णायक समूहको संयोजन त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायको डिन प्रा.डा. कुसुम शाक्यले गरेका थिए भने अन्य सदस्यहरूमा वरिष्ठ पत्रकार प्रकाश अधिकारी तथा रिलायन्स लाइफ इनस्योरेन्सका सीईयो तथा मर्चेन्ट बैंकर एसोसियसनका पूर्वअध्यक्ष प्रविणरमण पराजुली रहेका थिए । स्वतन्त्र निर्णायक समूहको मूल्यांकन तथा सम्पादन समूहको मूल्याङ्नका आधारमा एमफिलमा अध्ययनरत एकता अवस्थीको महिला सशक्तीकरण र पुँजीबजार शीर्षकको निबन्ध सर्वोत्कृष्ट भएको छ । प्रतियोगितामा अर्जुनबहादुर पाठक (एमफिल – त्रिवि) द्वितिय तथा उज्जल घिमिरे तृतीय भएका छन् । यस्तै युवराज दाहाल, सुजनबाबु अधिकारी, कपिल श्रेष्ठ र कविता कार्कीले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

प्रथम हुुनेले २० हजार रुपैयाँ नगद तथा सम्मान, द्वितीय हुुनेले १५ हजार रुपैयाँ तथा नगद, तृतीय हुुनेले १० हजार रुपैयाँ तथा नगद र चारै जना सहभागीहरूलाई प्रोत्साहनस्वरुव पाँच हजार रुपैयाँ नगद र कदरपत्र प्र्रदान गरिएको युनियनले जानकारी दिएको छ । प्रतियोगिताका उत्कृष्ट ५० निबन्ध (समान अंकका कारण ५४) निबन्धलाई पुस्तकका रूपमा प्रकाशन गर्न लागिएको जानकारी पनि युनियनले दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया