नेशनल इन्स्योरेन्सद्वारा सशस्त्र प्रहरीका गोताखोरहरुको निःशुल्क दुर्घटना बीमा
काठमाडौं, पुस १३
नोशनल इन्स्योरेन्स कम्पनीले सशस्त्र प्रहरी बल नेपालका गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा पुस ११ गते आयोजित एक कार्यक्रमका बीच नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल शाखाले बीमा गरेको हो । सशस्त्र प्रहरी बलका गोताखोरहरुको बीमा गर्ने कार्य वि.सं. २०७४ सालदेखि सुरु गरिएको हो । सो बीमा प्रतिव्यक्ति दुई लाख रुपैयाँ बराबरको रहेको कम्पनीले जानकारी दिएको छ ।
सो कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापालाई सो इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल शाखाका प्रमुख कार्यकारी अधिकृत अरुण कौशलले बीमा पोलिसी हस्तान्तरण गरेका हुन । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले त्यसअवसरमा सशस्त्र प्रहरी बल नेपालले आफ्नो स्थापना कालदेखि नै महत्वपूर्ण रुपमा रहेको विपद् व्यवस्थापनको जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्दै आईरहेको चर्चा गर्दै सशस्त्र प्रहरी कर्मचारीहरुले जस्तोसुकै विपद् र अप्ठ्यारो परिस्थितिहरुमा समेत विपद् व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आईरहेको बताए ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले सो इन्स्योरेन्स कम्पनीले सशस्त्र प्रहरी बल नेपालका गोताखोर तालिम प्राप्त कर्मचारीहरुले पु-याएको योगदानबाट प्रभावित भई गरेको सो बीमा पोलीसीको प्रशंसा समेत गरे । उक्त इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल शाखाका प्रमुख कार्यकारी अधिकृत अरुण कौशलले सशस्त्र प्रहरी बल नेपालका गोताखोरहरुको बीमा गर्न पाउँदा गर्व महशुस भएको चर्चा गर्दै सशस्त्र प्रहरी बल नेपालले नागरिकको सेवा र सुरक्षामा प्रदर्शन गरेको व्यवासयिकता प्रशंसनीय रहेको उल्लेख गरे ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
- मिटर ब्याज पीडितको माग पूरा गर्न सांसदको माग
- नेपाल–भारत सीमा समन्वय बैठक
- सेयर बजारमा सामान्य अंकको बृद्धि
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया