Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकको क्रेडिट कार्डको लागि अनलाइनबाटै आवेदन दिन सकिने

सिद्धार्थ बैंकको क्रेडिट कार्डको लागि अनलाइनबाटै आवेदन दिन सकिने


काठमाडौं  ।
सिद्धार्थ बैंकको क्रेडिट कार्डको लागि अब अनलाइनबाटै आवेदन दिन सकिने भएको छ । बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले यही कात्तिक १३ गते बिहीबारदेखि अनलाइनमार्फत क्रेडिट कार्ड आवेदन दिन सकिने व्यवस्था सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

बैंकका अनुसार यो व्यवस्थापछि अब क्रेडिट कार्डका लागि ग्राहकहरुले भौतिकरुपमा बैंकसम्म नपुगीकनै घरैबाट क्रेडिट कार्डको लागि आवेदन दिन सक्नेछन् । यसका लागि ग्राहकहरुले बैंकको वेबसाइटमा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

आवेदन दिएपश्चात् क्रेडिट कार्ड स्वीकृत गर्नुपूर्व बैैंकले आवश्यक ठानेमा ग्राहकलाई सम्पर्क गर्न सक्नेछ । साथै, कार्ड तयार भइसकेपश्चात् ग्राहकहरुले आवश्यक सक्कल कागजातहरु पेश गरी बैंकको शाखाबाट कार्ड संकलन गर्न सक्नेछन् । बैंकिङ प्रणाली अझ बढि प्रभावकारी र ग्राहकमैत्री बनाउनलाई बैंकद्वारा अपनाइएको यस कदमले ग्राहकहरुको समयको बचत हुनुका साथै थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया