Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमिथिला लघुुवित्तको नाफा एक करोड ५७ लाख

मिथिला लघुुवित्तको नाफा एक करोड ५७ लाख


काठमाडौं ।
मिथिला लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड ५७ लाख ६३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाले ४६ लाख दुुई हजार चार सय ८० रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । हाल चुक्ता पुँजी १२ करोड १७ लाख ४० हजार रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासिक अवधिमा ४१ करोड १६ लाख ६३ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४५ करोड ५८ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा दुई करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ६३ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ३८ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले २८ करोड १७ लाख ५९ हजार रुपैयाँ निक्षेप संंकलन गरी एक अर्ब दुई करोड ५९ लाख ८४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ८८ लाख पाँच हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २८ लाख ३९ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ५२ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया