Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक अफ काठमाण्डूको सेयर दाखिला बन्द हुुने

बैंक अफ काठमाण्डूको सेयर दाखिला बन्द हुुने


काठमाडौं ।
बैंक अफ काठमाडौँ (बीओके)को सेयर दाखिला तथा खारेजी बन्द हुुने भएको छ । बैंकको यही मंसिर १५ गते हुुने २६औं वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि यही कात्तिक २८ गतेदेखि मंसिर १५ गतेसम्म सेयर दाखिला तथा खारेजी बन्द हुुने भएको हो । बैंकको कात्तिक २० गते बिहीबार बसेको सञ्चालक समितिको एक सय ६७औं बैंठकले वार्षिक साधारणसभाबारे निर्णय गरेको हो ।

बैंकले प्रधान कार्यालय कमलपोखरीमा भिडियो कन्फरेन्समार्फत वार्षिक साधारणसभा गर्ने तयारी गरेको छ । बैंकले उक्त वार्षिक साधारणसभामार्फत हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट तीन प्रतिशत अर्थात् २५ करोड ६४ लाख छ हजार छ सय २२ रुपैयाँ नगद लाभांश र चुक्ता पुँजीको १३ प्रतिशत अर्थात् एक अर्ब ११ करोड १२ लाख ८९ हजार १४ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया