Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारउकालो लाग्यो सेयर बजार

उकालो लाग्यो सेयर बजार


काठमाडौं, पुस १५
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको दोस्रो कारोबार दिन मंगलबार बजार परिसूचक पाँच दशमलव ५३ अंकले उकालो लागेर ११ सय ६७ दशमलव ९५ अंकमा चढेको छ । क बर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने यसदिन शून्य दशमलव शून्य छ अंकले ओरालो लागेर दुुई सय ५३ दशमलव ३३ अंकमा झरेको छ । यसदिन कुुल एक सय ७७ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुसार सात हजार ३८ वटा कारोबारमा १४ लाख ९१ हजार ४४ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ६२ करोड २३ लाख ६३ हजार चार सय ८८ रूपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुसार चारवटा समूहको सूचक ओरालो लागेका छन् भने आठवटा समूहको सूचक उकालो लागेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक दुुई दशमलव दुुई अंकले ओरालो लागेर एक हजार ३२ दसममलव ८० अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि एक दशमलव ३५ अंकले ओरालो लागेर १५ सय ८० दशमलव ४० अंकमा झरेको छ । यसैगरी जलविद्युत् समूहको सूचक पनि पाँच दशमलव १५ अंकले ओरालो लागेर नौ सय २५ दशमलव ६३ अंकमा झरेकोमा फाइनान्स समूहको सूचक पनि दुई दशमलव ३६ अंकले ओरालो लागेर पाँच सय ७५ दशमलव ७० अंकमा झरेको छ ।

निर्जीवन बीमा समूहको सूचक भने यसदिन ६१ दशमलव ९१ अंकले उकालो लागेर चार हजार पाँच सय ८१ दशमलव ९७ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि दुुई सय ५६ दशमलव ५३ अंकले उकालो लागेर पाँच हजार नौ सय ९८ दशमलव ५८ अंकमा चढेको छ । यसैगरी उत्पादनमूलक समूहको सूचक पनि ५९ दशमलव ८९ अंकले उकालो लागेर दुुई हजार तीन सय ७७ दशमलव १२ अंकमा चढेकोमा लघुुवित्त समूहको सूचक पनि तीन दशमलव ७५ अंकले उकालो लागेर १६ सय १९ दशमलव २६ अंंकमा चढेकोे छ । यीबाहेक ट्रेडिङ, होटल, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः १५ दशमलव १६, छ दशमलव ९५, छ दशमलव ५३ र शून्य दशमलव १३ अंकले उकालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको शिवम् सिमेन्टको सेयर मूल्य पाँच रूपैयाँ ६७ पैसाले बढेर चार सय ६६ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको स्वदेशी लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य पाँच रूपैयाँ ३० पैसाले बढेर पाँच सय ९६ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक एसियन लाइफ इन्स्योरेन्स कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड आदिको पनि बढी रकम कारोबार भएका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको माउन्टेन हाइड्रोपावर कम्पनीको सेयर मूल्य पाँच रूपैयाँ ५५ पैसाले घटेर ८५ रूपैयाँमा किनेबच भएको छ । दोस्रो स्थानमा परेको जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य चार रूपैयाँ ७६ पैसाले घटेर ६० रूपैयाँमा किनबेच भएको छ । यीबाहेक नेपाल सेवा लघुुवित्त वित्तीय संस्था, सिन्धुु विकास बैंक आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन नेपााल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता नौ सय ८० रूपैयाँ अन्तिम मूल्यमा १० करोड छ लाख २१ हजार चार सय ४० रूपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको शिवम सिमेन्टको पनि प्रतिकित्ता चार सय ६६ रूपैयाँ अन्तिम मूल्यमा पाँच करोठ एक लाख ६८ हजार ४८ रूपैैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनएमबी बैंक, नागरिक लगानी कोष आदिको पनि बढी रकम कारोबार भएका छन् ।

सातवटा बैंक तथा वित्तीय संस्थाहरूको सेयर मूल्य समायोजन :- साताको दोस्रो कारोबार दिन सोमबार सातवटा बैंक वित्तीय संस्थाहरूले सेयर मूल्य समायोजन गरेका छन् । नेप्सेका अनुसार यसदिन दुुईवटा वाणिज्य बैंकसहितका सातवटा संस्थाले सेयर मूल्य समायोजन गरेका हुुन् । सोमध्ये नेपाल इन्भेष्टमेन्ट बैंकले १० दशमलव ५० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य तीन सय ९१ रूपैयाँ ८६ पैसा तोकेको छ । यसैगरी प्राइम कमर्सियल बैंकले पनि १६ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य दुुई सय ४० रूपैयाँ ५२ पैसा तोेकेको छ । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि १० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य पाँच सय ४७ रूपैयाँ २७ पैसा तोकेको छ ।

नेप्सेका अनुसार साना किसान लघुुवित्त वित्तीय संस्थाले पनि २७ दशमलव २५ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य सात सय ८४ रूपैयाँ २८ पैसा तोकेको छ । महुुली लघुुवित्त वित्तीय संस्थाले पनि साताको दोस्रो कारोबार दिन सोमबार २० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य सात सय ५० रूपैैयाँ ८३ पैसा तोकेको छ । नेप्सेका अनुसार जानकी फाइनान्सले पनि यसदिन २२ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य एक सय ६३ रूपैयाँ ११ पैसा तोकेको छ । सोही दिन युुनाइटेड फाइनान्सले पनि तीन प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य एक सय ७१ रूपैयाँ ८४ पैसा तोकेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया