एभरेष्ट बैंकद्वारा जोन्टा क्लब काठमाडौंलाई रकम सहयोग

काठमाडौं ।
एभरेष्ट बैंक लिमिटेडले जोन्टा क्लब काठमाडौँलाई रकम सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत क्लबलाई दुई लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो । बैंकको मुख्य कार्यालय लाजिम्पाटमा एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत जिके नेगीले जोन्टा क्लब काठमाडौँंकी अध्यक्ष सीमा गोल्छालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक क्लब तथा संस्थाहरूलाई कोरोना महामारीको समयमा विभिन्न किसिमका सहयोग गर्दै आएको छ । यसै संस्थागत सामाजिक उत्तरदायित्वको निरन्तरता स्वरूप कोरोना महामारीमा मुख्यरूपमा प्रभावित भएका ठेलागाडा तरकारी तथा फलफुल व्यापारीका परिवारलाई सहयोग गर्ने उद्देश्यले सो बराबरको चेक जोन्टा क्लबलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
सो कार्यक्रममा एभरेष्ट बैंकका डीजीएम डा. सुधीरकुमार तथा जोन्टा क्लबकी अध्यक्ष निर्वाचित आभा शाह, बैंकका कर्मचारीलगायतको उपस्थिति रहेको थियो । बैंकले हालै आाफ्नो ग्राहक संख्या ११ लाखभन्दा अधिक वृद्धि गरेको छ भने व्यवसायिकरूपमा सजिलो बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले देशभरि ९८ शाखा, ३१ राजस्व संकलन काउन्टर, एक सय ३० एटीएम र विश्वव्यापी नेटवर्क पनि सञ्चालन गरेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- मलेसियाको सामाजिक सुरक्षा योजनामा नेपाली नागरिक सहभागी हुन पाउने
- नदीमा माछा पाउन छाडेपछि गुजारा चलाउन मुस्किल !
- पेट्रोलियम अपचलन गर्ने एक हजार ट्यांकरमाथि कारबाही
- अनधिकृत व्यापार हटाउन पुरातत्व विभागसँग माग
- मुख्य नदीहरूमा पानीजहाज सञ्चालन गरी भारतसँग जलमार्गमार्फत व्यापार गर्ने
- नेतृत्वका कारण झन् तनावको खतरा
- रिद्धिसिद्धि सिमेन्टका महाप्रबन्धक पक्राउ
- यातायात र स्वास्थ्य क्षेत्रका कम्पनीमा धेरै विवाद
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया