Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंकले १६ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले १६ प्रतिशत लाभांश दिने


काठमाडौं ।
एनएमबी बैंकले १६ दशमलव २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट हाल कायम रहेको चुक्ता पुँजी १४ अर्ब ४४ करोड ७७ लाख ५२ हजार नौ सय ६६ रुपैयाँमध्येबाट उक्त अनुुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

घोषित लाभांशमध्येमा तीन दशमलव २० प्रतिशत अर्थात् ४६ करोड २३ लाख २८ हजार ९४ रुपैयाँबराबरको नगद लाभांश रहेको छ भने १३ प्रतिशत अर्थात् एक अर्ब ८७ करोड ८२ लाख ७८ हजार रुपैयाँबराबरको बोनस सेयर रहेको छ । लाभांश वितरण सम्बन्धमा सञ्चालक समितिको यही पुुस पाँच गते बसेको चार सय १२औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्यनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया