सिद्धार्थ बैंकले मनायो १८औं वार्षिकोत्सव

काठमाडौं ।
नेपाली बंैकिङ क्षेत्रमा १७औं वाणिज्य बैंकको रूपमा २०५९ सालमा स्थापित सिद्धार्थ बैंकले १८ वर्ष पूरा गरेको छ । १८ वर्षको यात्रामा बैंकले वित्तीय एवं अन्य विभिन्न सूचकांकहरूमा उल्लेखनीय प्रगति हासिल गरेको जानकारी दिएको छ । बैंकको हालको चुक्ता पुँजी नौ अर्ब ८७ करोडसहित कुल सम्पत्ति १६ अर्ब रहेको छ । बैंकले एक खर्ब ५७ अर्ब निक्षेप संकलन गरी एक खर्ब ३६ अर्बबराबरको कर्जा प्रवाह गरेको छ भने देशभरका एक सय ८८ शाखा एवं सेवा केन्द्रमार्फत १० लाखभन्दा बढी सेवाग्राहीहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिँदै सुरक्षित तवरले आधुनिक सूचना प्रविधिको माध्यमबाट विभिन्न कार्ड सेवा, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइनबाटै खाता खोल्न सकिनेजस्ता विभिन्न बैंकिङ सुविधाहरूको सरल एवं ग्राहकमैत्री सेवा प्रवाह गर्दै आएको छ । वित्तीय क्षेत्रको एक अग्रणी संस्थाको रूपमा स्थापित बैंकले झण्डै दुई हजार पाँच सय व्यक्तिलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको छ भने देशको राजस्वमा गत वर्ष मात्रै दुई अर्बभन्दा बढीको योगदान पु-याएको छ ।
जिम्मेवार एवं अग्रणाी वित्तीय संस्थाको हैसियतले आफ्नो लगानीलाई उत्पादनमुलक क्षेत्रतर्फ केन्द्रित गर्दै अर्थतन्त्रकै महत्वपूर्ण आधार मानिएका कृषि, पर्यटन, उर्जा तथा औद्योगिक उत्पादनका क्षेत्रमा बैंकले उल्लेख्य कर्जा लगानी गरेको छ । त्यसैगरी देशको आर्थिक विकासको लागि उद्यमशीलता अभिवृद्धि गर्नुपर्नेमा बैंकको सदैव जोड रहिआएकोले मुलभूतरूपमा लघु, साना तथा मझौलास्तरका उद्यम व्यवसायलाई लक्षित गरी कर्जा लगानी गर्ने नीति अवलम्बन गरी सोहीअनुसार बैंकले कर्जा प्रवाह गरिरहेको छ ।
व्यवसायिक गतिविधिका साथै सामाजिक एवं मानवीय दायित्व निर्वाहमा पनि बैंकले विशेष ध्यान दिएको छ । विश्वव्यापी महामारीको रूपमा देखापरेको कोभिड–१९ बाट प्रभावित उद्यमी व्यवसायीहरूलाई बैंकले कर्जामा उल्लेख्य छुट एवं सहुलियत प्रदान गरेको थियो । त्यस्तै वित्तीय साक्षरता एवं पँहुच अभिवृद्धि, विगतमा भूकम्प पिडीतलाई सहयोगदेखि वर्षेनी दैवी प्रकोपबाट प्रवाभितहरूका लागि आवश्यक सहयोग गर्नेलगायत अन्य विभिन्न तरिकाले संस्थागत सामाजिक उत्तरदायित्वको भूमिका निर्वाहमा पनि बैंकले उल्लेख्य भूमिका निर्वाह गरेको छ ।
यसै क्रममा स्थापनाको १८औं वार्षिकोत्सवको अवसरमा बैंकले देशभरका १४ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । साथै आम ग्राहकहरूलाई डिजिटल बैंकिङ प्रणालीतर्फ समाहित हुन अभिप्रेरित गर्ने उद्देश्यले प्रोत्साहनस्वरूप विभिन्न प्रकारका क्यास ब्याक योजनाहरू समेत सार्वजनिक गरेको छ । जसअनुसार बैंकका ग्राहकहरूले कार्डमार्फत भुक्तानी गर्दा निश्चित रकम फिर्ता प्राप्त गर्न सक्नेछन् ।
ताजा अपडेट
- श्रीलंकामा चीनले ‘ऋण दिएर फसाउने कूटनीतिक चाल’ चालेकै हो त ?
- कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको सहवित्तीयकरण सम्झौता
- महासंघ र बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्ने सम्झौता
- त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम
- सातै प्रदेशमा आधुनिक कृषि प्रविधि
- भुइँचालोपछि खोसिएको बारपाकको सांस्कृतिक सौन्दर्य
- आममाफीले आपराधिक घटना बढ्ने डर
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया