Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारनेपाल क्रेडिट एण्ड कमर्स बैंकद्वारा कर्पोरेट–पे प्रणालीको सुरुवात

नेपाल क्रेडिट एण्ड कमर्स बैंकद्वारा कर्पोरेट–पे प्रणालीको सुरुवात


काठमाडौं ।
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गरेको छ । बैंकले आफ्ना संस्थागत ग्राहकका निमित्त बैंक खाताबाट सोझै विद्युतीय भुक्तानी गर्न सकिने उक्त प्रणालीको सुरुवात गरेको हो । यस सम्बन्धमा बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग सम्झौता गरेको जानकारी दिएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत रमेश सापकोटा तथा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

बैंकका अनुसार यो कर्पोरेट–पे प्रणाली प्रयोग गर्नका लागि बैंकबाट आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन सकिन्छ । यस प्रणालीबाट आफैंले तोकिएको कारोबार सीमाभित्र रही कुनै पनि भुक्तानीहरू बैंकको प्रत्यक्ष संलग्नताविना नै गर्न सकिनेछ । बैंकले एक सय २७ वटा शाखा कार्यालयहरू, एक सय दुईवटा एटीएम, एवं सातवटा एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिँदै आइरहेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया