Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारराष्ट्रिय सहकारी बैंकको कार्यविधिसम्बन्धी तालिम

राष्ट्रिय सहकारी बैंकको कार्यविधिसम्बन्धी तालिम


काठमाडौं ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा सहकारीमा नीति तथा कार्यविधि निर्माणसम्बन्धी एक दिने गण्डकी प्रदेशस्तरीय तालिम आइतबार सम्पन्न भएको छ । सहकारी संघसंस्थालाई व्यवस्थितरूपमा सञ्चालनका लागि नीति तथा कार्यविधिको आवश्यकतालाई मध्यनजर गरी तालिम आयोजना गरिएको बैंकले जनाएको छ ।

बैंकले सदस्य संस्थाहरूको सहजताका लागि नमूना कार्यविधिहरू निर्माणमा सहयोग गर्दै आएको छ । गण्डकी प्रदेशस्तरीय कार्यक्रममा कर्जा कार्यविधिका बारेमा सहजीकरण गरिएको थियो । वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरूको आम्दानीको मुख्य स्रोत कर्जा भएकाले कर्जालाई व्यवस्थापन गर्नका लागि आवश्यक कार्यविधिका विषयमा कार्यक्रम जानकारी गराइएको थियो ।

तालिमको सुरुवात गर्दै बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीहरूलाई विधिसम्मत सञ्चालनका लागि तालिम सहयोगी हुने धारणा व्यक्त गरेका थिए । उनले सहकारीहरूले सदस्यहरूलाई गर्ने कर्जा लगानी र असुलीका लागि कार्यविधिलाई प्रभावकारी बनाउन जरुरी रहेको उनको भनाइ थियो ।

गण्डकी प्रदेश सहकारी विभागका अधिकृत सागर खनालले सहकारी संघसंस्थाहरूलाई प्रभावकारीरूपमा अगाडि बढाउनका लागि नीति विधिको आवश्यकता पर्ने र त्यसका लागि राष्ट्रिय सहकारी बैंकले तालिम राखेर निरन्तर सचेतना प्रदान गरेको बताए । कार्यक्रममा बैंकका तालिम विभागका अधिकृतहरू सूर्यप्रसाद रिमाल र नारायण बेलबासेले सहजीकरण गरेका थिए । कार्यक्रमको सञ्चालन तालिम विभागका वरिष्ठ अधिकृत मिना शर्माले गरेका थिए ।



तपाईको प्रतिक्रिया