Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारओर्लियो सेयर बजार

ओर्लियो सेयर बजार

छ दशमलव ३६ अंकले ओरालो लाग्दा पाँच अर्ब ९६ करोडको कारोबार


काठमाडौं ।
अघिल्लो दिन उच्च अंकले उकालो लागेको सेयर बजार परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार भने ओरालो लागेको छ । अघिल्लो दिन ८८ दशमलव १२ अंकले उकालो लागेको बजार परिसूचक यसदिन दिन छ दशमलव ३६ अंकले ओरालो लागेर २१ सय ५९ दशमलव चार अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ७३ अंकले ओरालो लागेर चार सय १५ दशमलव १५ अंकमा झरेको छ ।

यसदिन १२ वटा उपसमूहअन्तर्गत दुई सय दुईवटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसबाट ४६ हजार एक पटकको कारोबारमा एक करोड १६ लाख ४३ हजार चार सय २९ कित्ता सेयर किनबेच भएका छन् । उक्त परिमाणमा सेयर किनबेच हुुँदा कुल कारोबार रकम पाँच अर्ब ९६ करोड १७ लाख ३३ हजार एक सय २२ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन कारोबार भएका कुुल उपसमूहमध्ये छवटा उपसमूहको सूचक उकालो लागेका छन् भने छवटा उपसमूहको सूचक ओरालो लागेका छन् । सामूहिक लगानी कोष समूहको सूचक भने यसदिन स्थिर देखिएको छ । वाणिज्य बैंक उपसमूहको सूचक ११ दशमलव दुई अंकले ओरालो लागेर १६ सय ४४ दशमलव ९४ अंकमा झरेकोमा जीवन बीमा उपसमूहको सूचक पनि ७६ दशमलव ३९ अंकले ओरालो लागेर १३ हजार नौ सय ४६ दशमलव नौ अंकमा झरेको छ । उत्पादनमूलक उपसमूहको सूचक पनि एक दशमलव ५२ अंकले ओरालो लागेर पाँच हजार छ सय १० दशमलव १७ अंकमा झरेकोमा लघुुवित्त उपसमूहको सूचक पनि चार दशमलव ७३ अंकले ओरलो लागेर तीन हजार तीन सय ५८ दशमलव ७० अंकमा चढेको छ ।

यीबाहेक ट्रेडिङ र होटल उपसमूहको सूचक पनि क्रमशः तीन दशमलव ७७ र शून्य दशमलव १५ अंकले घटेका छन् । विकास बैंक समूहको उपसमूहको सूचक भने आठ दशमलव ४२ अंकले उकालो लागेर दुई हजार एक सय ८३ दशमलव ९७ अंकमा चढेकोमा जलविद्युत् उपसमूहको सूचक पनि दुई दशमलव १४ अंकले उकालो लागेर १६ सय २३ दशमलव ७६ अंकमा चढेको छ । यसैगरी निर्जीवन बीमा उपसमूहको सूचक पनि ५२ दशमलव ४७ अंकले उकालो लागेर नौ हजार सात सय ६० दशमलव ९३ अंकमा चढेकोमा फाइनान्स र अन्य समूहको सूचक पनि क्रमशः पाँच दशमलव ६३ र नौ दशमलव ८५ अंकले उकालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको जानकी फाइनान्सको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९६ प्रतिशतले बढेर दुई सय ५४ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको कामना सेवा विकास बैंकको प्रतिकित्ता सेयर मूल्य पनि नौ दशमलव ५० प्रतिशतले बढेर ११ सय ९९ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक नारायणी डेभलपमेन्ट बैंक, राधी जलविद्युत् कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् ।

गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ८४ प्रतिशतले घटेर २२ सय ९० रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल फाइनान्सको प्रतिकित्ता सेयर मूल्य पनि तीन दशमलव ७० प्रतिशतले घटेर दुई सय आठ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक एभरेष्ट बैैंक, मल्टीपर्पस फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।

रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको प्रतिकित्ता १५ सय २० रुपैयाँ अन्तिम मूल्यमा ४६ करोड आठ लाख ६८ हजार आठ सय ८६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पनि २४ सय रुपैयाँ अन्तिम मूल्यमा ४० करोड ७१ लाख दुुई हजार पाँच सय ९९ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल टेलिकम, एनसीसी बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया