Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारएनएलजी इन्स्योरेन्सका सञ्चालक राईद्वारा राजीनामा

एनएलजी इन्स्योरेन्सका सञ्चालक राईद्वारा राजीनामा


काठमाडौं ।
एनएलजी इन्स्योरेन्स कम्पनीका सञ्चालक मनबहादुर राईले सञ्चालक समितिको सदस्यबाट राजीनामा दिएका छन् । कम्पनीका अनुसार सञ्चालक राईले आफ्नो व्यक्तिगत एवं घरायसी कारण देखाउँदै पदबाट राजीनामा दिएका हुुन् । सञ्चालक राईले दिएको राजीनामालाई कम्पनीको यही पुुस १९ गते बसेको सञ्चालक समितिको तीन सय १५औं बैठकले सोही दिनदेखि नै कार्यान्वयनमा आउने गरी स्वीकृत गरेको छ । राईको राजीनामापश्चात् हालको लागि कम्पनीमा विमलप्रसाद वाग्लेको अध्यक्षतामा भरतबहादुर बस्नेत, सुरेशप्रसाद खत्री, मिनबहादुर सामरी, नरेन्द्रसिंह विष्ट र डा. भरतकुमार थापासहितको छ सदस्यीय सञ्चालक समिति कायम भएको छ ।



तपाईको प्रतिक्रिया