Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंकको सहकार्यमा महामारी पूर्वतयारीसम्बन्धी अभिमुखीकरण

नबिल बैंकको सहकार्यमा महामारी पूर्वतयारीसम्बन्धी अभिमुखीकरण


काठमाडौं ।
नबिल बैंकको सहकार्यमा महामारी पूर्वतयारी अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ । नेपालमा कोभिड–१९ को संक्रमण हाल केही कम देखिए पनि महामारीको जोखिम अझ कम भइनसकेको अवस्थामा बैंकले यस्तो अन्तक्रिया कार्यक्रम सञ्चालन गरेको हो ।

कोभिडसम्बन्धी जनचेतनामा विशेष जोड दिने र भविष्यमा आइपर्ने जस्तोसुकै अवस्थाको लागि जनस्वास्थ्य क्षेत्रलाई तयारी अवस्थामा राखिनुपर्ने आवश्यकता महसुस गर्दै नेपाल सरकार स्वास्थ्य मन्त्रालय, नबिल बैंक, चौधरी फाउन्डेसन, एसियाली विपत् पूर्वतयारी केन्द्र तथा एनडीआरसीको संयुक्त साझेदारीमा स्वास्थ्य आपतकालीन (महामारी) पूर्वतयारी तथा प्रतिक्रियाका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन भएको छ ।

स्वास्थ्य क्षेत्रमा कार्यरत स्थानीय स्वास्थ्यकर्मी तथा मानवीय सेवामा कार्यरत विभिन्न संघसंस्थाहरूको क्षमता अभिवृद्धिका लागि उक्त अभीमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । स्वास्थ्य आपत्कालका बेला जनस्वास्थ्यसम्बन्धी जोखिम न्यूनीकरण र नेपालजस्तो अतिकम विकसित र जनस्वास्थ्य क्षेत्रमा सीमित पूर्वाधार भएको मुलुकमा सो अवस्थाको पूर्वतयारीका निम्ति जनस्वास्थ्य एवं मानवीय सेवा क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अविवृद्धि गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

विराटनगरको होटल रत्नमा सोमबार आयोजित उक्त कार्यक्रममा स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्काल सञ्चालन केन्द्र (एचईओसी)का प्रमुख डा. समिर अधिकारीले विपत् पूर्वतयारी एवं व्यवस्थापनमाथि प्रकाश पारेका थिए । त्यसैगरी नबिल बैंकका व्यावसायिक सामाजिक उत्तरदायित्व प्रमुख कृष्ण सुवेदी तथा प्रदेश १ प्रमुख सुबोध लोहनीले नबिल बैंक समाजप्रति सदैव उत्तरदायी र विगत केही समयको निरन्तर अभ्यासपछि कार्यक्रम सञ्चालन गर्न पाएकोमा खुसी व्यक्त गर्दै कार्यक्रमको सफलताको कामना गरे ।

त्यस्तै चौधरी फाउन्डेसनकी प्रमुख सञ्चालन अधिकृत मेरिना रञ्जितले विपत्को बेला चौधरी फाउन्डेसनले गरेको कार्यहरूको स्मरण गर्दै आपत्कालका बेला व्यवस्थितरूपमा कार्य गर्न यसकिसिमको कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरिन् ।

प्रदेश न. १ को राजधानी विराटनगरमा सोमबारबाट सुरु उक्त प्रशिक्षण कार्यक्रम क्रमशः प्रदेश न. २ को वीरगञ्ज, वाग्मती प्रदेशको भरतपुर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको सिद्धार्थनगर तथा नेपालगञ्ज र सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा पनि सञ्चालन गरिने बताइएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया