तौलिहवामा सिद्धार्थ बैंकको नयाँ सर्भिस आउटलेट

काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेडले तौलिहवामा नयाँ आउटलेट सर्भिस खोलेको छ । बैंकका अनुसार यही पुुस १५ गते बुधबार कपिलवस्तुस्थित तौलिहवामा नयाँ सर्भिस आउटलेट सञ्चालनमा ल्याइएको हो । बैंकले तौलिहवा क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढंगले पु-याउने उद्देश्यका साथ उक्त सर्भिस आउटलेट सञ्चालनमा ल्याएको हो । अहिले कोरोना भाइरस महामारीको अवस्थामा पनि बैंकले सतर्कताका विधि अपनाई आफ्ना सबै सर्भिस आउटलेटहरूबाट बैंकिङ सेवा तथा सुविधाहरू निरन्तर प्रदान गरी रहेको छ ।
सजिलो बैंकिङ सेवा नौ शाखारहित बैंकिङ, एटीएम, पीओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने तथा क्रेडिट कार्ड आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, एटीएम कार्ड, चार सय ५० भन्दा बढि व्यावसायिक केन्द्रहरूबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको यूएनओ क्रेडिट कार्डजस्ता सेवामार्फत बैंकले उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंक ग्राहकवर्गहरूको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- इलामको चिया र दार्जेलिङको चर्चा
- घटेका हवाइ यात्रु र नेपालको पर्यटन नीति
- एक्स्कर्टसको नयाँ डिगम्याक्स थ्रीई मेसिन नेपालमा
- सामसङले एस२० प्लसको मूल्य १० हजार घटायो
- रियलमी आठौँ सिरिजमा १०८ एमपी क्यामेरा
- डिजी पेलाई भुक्तानी सेवा प्रदायकको अनुमति
- सडकमा बिटुमिन इमल्सनको प्रयोग
- राष्ट्र बैंकद्वारा १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया