Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रोग्रेसिभ फाइनान्सको २४औं वार्षिक साधारणसभा सम्पन्न

प्रोग्रेसिभ फाइनान्सको २४औं वार्षिक साधारणसभा सम्पन्न


काठमाडौँ ।
प्रोग्रेशिभ फाइनान्सको २४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । फाइनान्सको बुुधबार सम्पन्न सभामा संस्थाका अध्यक्ष किशोरकुमार महर्जनले सञ्चालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७६/७७ मा गरेका कार्यक्रम तथा गतिविधिहरूबारे प्रकाश पारे ।

उनले चालू आर्थिक वर्षमा संस्थाले सञ्चालन गरेका तथा आगामी आर्थिक वर्षमा संस्थाले सञ्चालन गर्ने कार्यक्रम तथा योजनाहरूहरूबारे जानकारी दिए । साधारणसभामा वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्न एवं जिज्ञासाहरूको जवाफ दिँदै अध्यक्ष महर्जनले संस्था अपेक्षितरूपले प्रगतिपथमा लम्किरहेको जानकारी गराए ।

उनले सेयरधनीहरूबाट प्राप्त सल्लाह तथा सुझावहरूको सराहना गर्दे आगामी दिनहरूमा यस्ता सुझावहरूको कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरे । सभाले आर्थिक वर्ष २०७६/७७ वित्तीय अवस्थाको विवरण (वासलात), नाफा/नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीहरू सहितको वित्तीय विवरणहरू छलफलपश्चात् पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७/७८का निम्ति बाह्य लेखापरीक्षकका रूपमा एस पाण्डे एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । सभाले मर्जर तथा एक्वीजिसनका निम्ति बैक तथा वित्तीय संस्थाहरूबाट उपयुक्त प्रस्ताव प्राप्त भएमा सोसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय समेत गरेको छ ।

संस्थाले हाल दशवटा शाखा कार्यालय तथा चारवटा एक्सटेन्सन काउन्टरहरूमार्फत आफ्ना सेवाहरू प्रवाह गरिरहेको छ । साथै संस्थाले चालू आर्थिक वर्षमा पनि कार्यक्षेत्र विस्तार गर्ने क्रममा शाखा तथा एक्सटेन्सन काउन्टरहरू स्थापना गर्ने योजना बनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया