Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकको छ महिनाको नाफा एक अर्ब ७४ करोड

राष्ट्रिय वाणिज्य बैंकको छ महिनाको नाफा एक अर्ब ७४ करोड


काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको छ महिना अर्थात् दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ७४ करोड ८८ लाख ५९ हजार नौ सय ९५ रुपैयाँ खुद मुनाफा कमाएको छ । आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुई अर्ब २० करोड ९४ लाख ८२ हजार तीन सय ६५ रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी नौ अर्ब ४७ लाख ९५ हजार सात सय रुपैयाँ रहेको बैंकले चालू आवको पछिल्लो अवधिमा दुई खर्ब ४१ अर्ब ४९ करोड ६८ लाख ४१ हजार चार सय ८५ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ६२ अर्ब ६८ करोड ७५ लाख १८ हजार एक सय ३८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब ९१ करोड दुुई लाख ६२ हजार आठ सय ७५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव नौ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ८० करोड ४४ लाख ६७ हजार एक सय ३६ रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले दुुई खर्ब ३० अर्ब ९० करोड २६ लाख ३६ हजार आठ सय ८४ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५० अर्ब ७९ करोड ७८ लाख ४६ हजार सात सय २५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब छ करोड छ लाख २६ हजार ७४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ५३ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया