Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा

मुक्तिनाथ विकास बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा


काठमाडौं ।
मुक्तिनाथ विकास बैंकले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न छिमेकी मुलुक चीनको प्रख्यात भुक्तानी सेवा ‘वीच्याट–पे’ सँग साझेदारी गरेको छ । सम्झौतामा बैंकको तर्फबाट सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले हस्ताक्षर गरेका हुुन् ।

यो सम्झौतापछि वीच्याट–पे मोबाइल वालेट प्रयोगकर्ताहरूले मुक्तिनाथ बैंकअन्तर्गतका मर्चेन्टहरूमा राखिएको क्यूआर कोड स्क्यान गरी डिजिटलरूपमा रकम भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । चीनमा निकै लोकप्रिय रहेको वीच्याट–पेमार्फत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटक वा व्यापारीहरूले विभिन्न सामग्री तथा सेवा खरिदको लागि वीच्याट–पेमार्फत भुक्तानी गर्न सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदिजस्ता कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया