Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ हस्पिटालिटीमा बैंकका ग्राहकलाई १० प्रतिशतसम्म छुट

सिद्धार्थ हस्पिटालिटीमा बैंकका ग्राहकलाई १० प्रतिशतसम्म छुट


काठमाडौं ।
काठमाडौंको तीनकुनेस्थित सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिले सिद्धार्थ बैंकका ग्राहकहरुलाई १० प्रतिशतसम्म छुट दिने भएको छ । हस्पिटालिटी र बैंकबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो । सम्झौतामा बिजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक (बिक्री तथा बजार व्यवस्थापन) प्रभाकर खड्का र बैंकका कार्ड विभाग प्रमुख रविन मल्लले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकका ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीअन्तर्गत देशभर रहेका होटल, रेष्टुरेन्ट, रिसोर्ट तथा क्याफेहरुमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ, इन्टरनेट बैैंकिङमार्फत होटल बसाइ, खाना, बेभरेजका लागि भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन । यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास लिइएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया