Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारडिप्रोक्स लघुवित्तले २० प्रतिशत लाभांश दिने

डिप्रोक्स लघुवित्तले २० प्रतिशत लाभांश दिने


काठमाडौं ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत अर्थात् २० करोड १० लाख ८६ हजार सात सय १४ रुपैैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाको यही माघ २८ गते बसेको दुई सञ्चालक समितिको दुई सय ८२औं बैठकले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

संस्थाका अनुसार घोषित लाभांशमध्येमा १५ प्रतिशत अर्थात् १५ करोड आठ लाख १५ हजार ३६ रुपैयाँबराबरको बोनस सेयर र पाँच प्रतिशत अर्थात् पाँच करोड दुई लाख ७१ हजार छ सय ७८ रुपैयाँबराबरको नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया