Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा लम्साल नियुक्त

महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा लम्साल नियुक्त


काठमाडौं ।
महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साललाई नियुक्त गरेको छ । बैंकको यही माघ २९ गते बसेको सञ्चालक समितिको चार सय ७५औं बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लम्साललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्नुका साथै बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पेको हो ।

विगत १२ वर्षदेखि बैंकमा कार्यरत लम्सालको विभिन्न वाणिज्य तथा विकास बैंकको सम्पूर्ण क्षेत्रहरूमा २५ वर्षको बैंकिङ अनुभव रहेको छ । केन्द्रीय बैंकको निति नियमभित्र रहेर सम्पूर्ण ग्राहक, सेयरधनी तथा कर्मचारीहरूको हितमा कार्य गर्दै गुणस्तरीय सेवा तथा उचित प्रतिफल प्रदान गर्न आफू केन्द्रित हुने लम्सालले बताए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया